जोडिनुहोस
  • होमपेज
  • रास्वपा सभापति लामिछानेको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा

रास्वपा सभापति लामिछानेको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा

कास्की। सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ ।

उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्ने जनाइएको छ ।

तर प्रहरीले ७५ वर्षीय कृष्ण बहादुर गुरुङको पहिला बयान लिन भनेको छ । उनको स्वास्थ्य अवस्थाका कारण पहिला बयान लिन लिन भनेको हो । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको निमित्त श्रेस्तेदार लामिछानेले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14