काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्।
उनी आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
उनी सगरमाथाको चुचुरोमा पुगेको भन्दै प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिएका छन्।