जोडिनुहोस
  • होमपेज
  • वैशाख १५ को उपनिर्वाचन : आज मध्यरातिदेखि प्रचार गर्न नपाइने

वैशाख १५ को उपनिर्वाचन : आज मध्यरातिदेखि प्रचार गर्न नपाइने

काठमाडौं। इलाम-२ र बझाङ-१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन।

वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ।

प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ उमेदवार प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help