जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममा दोस्रो पटक हिमपात

सुदूरपश्चिममा दोस्रो पटक हिमपात

काठमाडौं। सोमबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात सुरु भएको छ । यो हिउँदमा भएको यो दोस्रो हिमपात हो । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको छ । यसअघि मंसिर अन्तिम साता पनि यहाँ हिमपात भएको थियो ।

बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । यद्यपि बस्ती क्षेत्रमा भने हल्का हिउँ जमेको देखिन्छ । मंगलबार पनि हिमपात हुने क्रम जारी छ ।

बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै बैतडीको ग्वाल्लेका खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । यस्तै डोटीको गैरा, साउखर्क, डडेलधुराको हगुल्टे, डोटीको खप्तड क्षेत्रमा पनि हिमपात भएको स्थानीयले जानकारी दिएका छन् ।

‘हिउँ थपिने क्रम जारी छ,’ बझाङको छविसपाथीभेराका शिवजी मण्डलेले भने, ‘जाडो निकै बढेको छ। हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

जाडोका कारण बाहिर हिँडडुल गर्न र नियमित काम गर्न पनि असहज भइरहेको छ। ‘वस्तुभाउ चराउन र घर बाहिरको काम गर्न धेरै गाह्रो भइरहेको छ,’ बझाङको साइपाल गाउँपालिकाकी विमला बोहराले भनिन, ‘जङ्गलहरू सबै तिर हिमाले ढाकेको हुनाले भेडा बाख्रा चराउन बढी समस्या भएको छ। हिमपात पछि जङ्गलमा चराउन गाह्रो हुने भएकाले हिउँपरेको बेला साइपाल गाउँपालिकामा खान नपाएर प्रत्येक वर्ष थुप्रै भेडा बाख्रा मर्ने गरेको उनले सुनाइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help