जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ९ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ९ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ११ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • १२ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १४ मिनेटutes अगाडि
  • होमपेज
  • शहरी ऐन यथासक्य चाँडो पारित गर्न नेपाल जग्गा तथा आवास विकास महासंघको माग

शहरी ऐन यथासक्य चाँडो पारित गर्न नेपाल जग्गा तथा आवास विकास महासंघको माग

काठमाडौँ — नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालनका लागि कानून बनाइ चाँडो कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

शनिवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर महासंघले निजी क्षेत्रसँगको सहकार्यमा जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा पास भइसकेकाले कानून बनाएर चाँडो कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो ।

भेटबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन छिटो भन्दा छिटो पास गर्न माग गरेको बताए । उनले काठमाडौं उपत्यका विकास प्राधिकरण ल्याण्डपुलिङको काम गरिरहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउन आग्रह गरेको जानकारी दिए ।