जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ

नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।

सातदोबाटोमा रहेको बोर्डको कार्यालयमा आज कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताएका हुन्। उनले धितोपत्र बोर्ड अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले पूँजीबजार (शेयर बजार) मा रहेका समस्याको समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाए । शेयर बजारले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै उहाँले त्यसको सदुपयोग गर्र्न कोशिश गर्ने बताए ।

अध्यक्ष श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुने पनि बताए । उनले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।