जोडिनुहोस
  • होमपेज
  • तापक्रम बढ्दै गएपछि महोत्तरीका विद्यालय बन्द

तापक्रम बढ्दै गएपछि महोत्तरीका विद्यालय बन्द

जलेश्वर– तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ । जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको छ ।

जिल्लाको तापमान उच्च हुँदै गएको र त्यसबाट विद्यालयमा पढ्ने स–साना बालबालिका प्रत्यक्ष रूपमा प्रभावित हुन थालेपछि नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरि चार दिनका लागि गर्मी बिदा दिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिकाले पनि आजैदेखि लागू हुनेगरि आफ्नो नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको गाउँपालिकाका शिक्षा संयोजक राजकुमार साहले बताए ।

उनले गाउँपालिकाका सबै विद्यालयमा आज र जेठ १८ गते गरी दुई दिन आकस्मिक बिदा गरिएको बताए। साथै तापक्रममा अझै वृद्धि भए वा गर्मी बढी भएपछि पालिकाले पुनः बिदा थप गर्ने शिक्षा संयोजक साहले बताए । महोत्तरीमा केही दिनदेखि निरन्तर रूपमा ४० डिग्रीभन्दा माथि तापक्रम, तातो हावा र ‘लू’ चलेर जनजीवन प्रभावित भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help