जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • एसियन कप छनोट : नेपाल र म्यानमार भिड्दै

अन्तर्राष्ट्रिय

एसियन कप छनोट : नेपाल र म्यानमार भिड्दै

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ २३, २०८०
एसियन कप छनोट : नेपाल र म्यानमार भिड्दै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज भोलि घरेलु टोली म्यानमारविरुद्ध खेल्दैछ ।

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । नेपाल म्यानमारलाई हराएर प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले हरेक खेल जित्नकै लागि खेल्ने बताए ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ । टिममा एकता छ, हामी कुनै पनि टिमलाई हराउन सक्ने टिम छ । हामी हरेक म्याच जित्नकै लागि खैल्छौँ,’ गुरुङले भने, ‘फिफा वरीयतामा हामी भन्दा माथी भएका टिमहरु छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।

नेपालले दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्