जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • डोटीको सुन्तडिमा बास र निगालोबाट विभिन्न सामग्री बनाइने

डोटीको सुन्तडिमा बास र निगालोबाट विभिन्न सामग्री बनाइने

डोटी– डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । 

यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताए।  

विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न मिल्ने डालालगायतका सामग्री निर्माण गरिरहेका र अन्य सामग्री विभिन्न सामग्री निर्माण कार्य सिकिरहेकासमेत उनले जानकारी दिए । 

स्थानीयस्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निर्माण गर्नसके दैनिक जीवन निर्वाहका साथै आयआर्जनमा सहजता हुने तालिमका सहभागीले बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडीमा सञ्चालन भएको सीपमूलक तालिमबाट सीपमूलक दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । 

गाउँपालिकाभित्र जोकोही व्यक्ति सीप सिकेर स्थानीयस्तरमा व्यावसायिक गर्छु सुरुआत गर्छ भने त्यस्ता व्यक्तिलाई पालिकाले पनि सहयोग उनले जानकारी दिए । पैँतालीस दिनसम्म सञ्चालन हुने सीपमूलक तालिममा बोगटान फुड्सिलको वडा न १ र ४ का ११ जना सहभागी रहेको आयोजकले जनाएको छ । तालिममा  दक्ष प्राविधिकले सहजीकरण गरिरहेको जनाइएको छ  । 

तपाइको प्रतिक्रिया दिनुहोस्