जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ८ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १८ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • २ घन्टा अगाडि
  • होमपेज
  • भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने

भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने

काठमाडौं। नेकपा (एमाले) बाट निष्कासित भीम रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने भएका छन्।

रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँगको छलफलमा आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका हुन्। ‘उहाँले आफूले बनाउने पार्टी कम्युनिस्ट पार्टी नरहने बताउनुभयो,’ जोशीले भने।

उनले आगामी पुस १७ गते कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्दैछन्। त्यसलगत्तै देश दौडाहामा निस्कने तयारी गरेका रावलले आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया पनि गर्ने तयारी गरेका छन्।

त्यसपछि मात्रै उनले पार्टी घोषणा गर्ने उनीनिकटले बताएका छन्। उनीनिकट एकिन्द्र कुँवरले पनि वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए। रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91