जोडिनुहोस
  • होमपेज
  • सर्वेन्द्र खनाल भन्छन् – म अहिले कुनै राजनीतिक पार्टीसँग आबद्ध छैन

सर्वेन्द्र खनाल भन्छन् – म अहिले कुनै राजनीतिक पार्टीसँग आबद्ध छैन

काठमाडौं। नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् ।

उनले लेखेका छन्– ’हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।’

उनले आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने पनि उल्लेख गरेका छन् । खनाल औपचारिक रूपमा २०७९, असोज ६ मा उनी एमाले प्रवेश गरेका थिए ।

गत आम निर्वाचनमा काठमाडौं–६ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाटसमेत पराजय बेहोरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका