
पोखरा। पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूको थुनछेक बहस सकिएको छ ।
अहिले जाहरेवालाका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् । अब सरकारी वकिलका तर्फबाट जवाफी बहस बाँकी छ ।
प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ देखि थुनछेक बहस सुरु भएको हो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। रवि लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर गरिएको छ ।