काठमाडौं। बुधबारको तुलनमा काठमाडौंको न्यूनतम तापक्रम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो। रातिको समयमा आकाश बादलले ढाकेको अवस्थामा न्यूनतम तापक्रम केही बढ्न सक्छ। बिहीबार दिउँसो काठमाडौंमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहनेछ।
एक सातामा कति घटबढ भयो?
गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । त्यसपछि शुक्रबार ४.६ र शनिबार ५.७ र आइतबार र सोमबार ५ , मंगलबार ४.८ र बिहीबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।