जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारीको संरक्षणमा सरकार नै लागेको छः राजेन्द्र लिङदेन

भ्रष्टाचारीको संरक्षणमा सरकार नै लागेको छः राजेन्द्र लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गरे ।

अध्यक्ष लिङदेनले निरन्तर रूपमा हुने कामलाई देखाएर सरकारले छ महिनाको उपलब्धि सुनाएको बताए । उनले सरकार नभएको भए सिद्धबाबाको सुरुङ मार्ग छिचोलिने र विद्युत् व्यापारको लागि बङ्गलादेशसँग सम्झौता हुने थिएन ? भन्दै प्रश्न गरे ।

अध्यक्ष लिङदेनले कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा देशमा सरकार छैन भन्ने आभास भएको बताए । उनले सरकारले सुशासनको क्षेत्रमा कुनै पनि काम गर्न नसकेको उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले निराश नागरिकलाई आशा जगाउन समेत सरकारले नसकेको बताए । उनले सरकारले रेमिट्यान्समार्फत आएको पैसासमेत खर्च गर्न नसकेको उल्लेख गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका