![‘लाज शरणम्’मा बालेनले गाएको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक (भिडिओ)](https://sagarmatha.tv/wp-content/uploads/2025/02/Nepal-haseko.png)
काठमाडौं। चलचित्र ‘लाज शरणम्’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएका गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ ।
सोमबार दिउँसो मेयरको आफ्नै युट्युब च्यानलमा उक्त गीत सार्वजनिक गरिएको हो । यस गीतमा बालेनकै शब्द, कम्पोज र र्याप रहेको छ ।
मेयर बालेन र्यापर समेत हुन् । यस गीतलाई ‘प्रमोसनल सङ’ का रूपमा दर्शकमाझ ल्याइएको निर्माण टिमले जनाएको छ ।
यो बालेनको नयाँ र्याप भने होइन । उनले विगत १० वर्ष अगाडि नै यसलाई रेकर्ड गराएर आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।
यस गीतको भिडिओ भने बनेको थिएन । जसले हालसम्म ३ लाख ८३ हजार भ्यूज पाएको छ ।
बालेनले यही र्याप ‘लाज शरणम’ मा प्रयोग गर्न अनुमति दिएका थिए । अहिले यो र्यापलाई फेरी नयाँ रेकर्ड गराएर चलचित्रमा राखिएको छ ।