जोडिनुहोस
  • होमपेज
  • भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग

भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग

नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।

‘भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई एनआरएनलाइ जस्तै निरन्तरता नदिने भन्ने खालको कुराकानी भइरहेको छ । सादय कानुन पनि त्यसअनुसार बनेको छ।’ उनले भने ।

तर, भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने उनको माग छ । ‘भूतपूर्व गोर्खा सैनिकहरू वंशजको नागरिकताको निरन्तरता चाहन्छन्, उनीहरू एनआरएनए जस्तै वंशजको नागरिकताको अन्त्य चाहँदैनन् । त्यसैले यो कुराको सम्बोधन गरियोस्,’ आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भने ।

भूतपूर्व गोर्खा सैनिकहरूको समान तलब, समान पेन्सन र सुविधा लगायतको मागमा धेरै सम्बोधन भएको तर नेपाली नागरिकताको निरन्तरताको माग सम्बोधन नभएको उनले बताए । यसतर्फ ध्यान दिन सरकारलाई उनको आग्रह छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14