जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • ‘सन् २०२५ मा माल्दिभ्सले २३ लाख पर्यटक भित्र्याउने’

‘सन् २०२५ मा माल्दिभ्सले २३ लाख पर्यटक भित्र्याउने’

कोलम्बो। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सन् २०२५ मा माल्दिभ्समा २३ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको बताएका छन्। उनले लक्ष्य हासिल गर्न व्यापकरूपमा काम भइरहेको बताए ।

सन् २०२५ का लागि माल्दिभ्सको एकसदनीय विधायिका निकाय ‘पिपुल्स मजलिस’को पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुइज्जुले सन् २०२४ माल्दिभ्सले पहिलो पटक २० लाख पर्यटक भित्र्याएको र सन् २०२३ को तुलनामा पर्यटकको सङ्ख्यामा ९ प्रतिशतले वृद्धि भएको बताए । सन् २०२४ मालदिभ्सका लागि पर्यटनका हिसावले ऐतिहासिक वर्ष भएको र सन् २०२५ मा यसलाई व्यापकता दिइने बताए ।

सन् २०२५ को पर्यटन लक्ष्य पूरा गर्न सरकारले लगानी प्रोत्साहन र अन्य लाभहरू प्रदान गरेर पहिले पर्यटक पु¥्याउन नसकिएका टापूमा रिसोर्टहरू बनाउने र तिनलाई सुन्दर पर्यटकीय आकर्षण बनाउने बताए ।

पर्यटक आगमन बढाउन सरकारले राष्ट्रिय वायुसेवा निगमको अन्तर्राष्ट्रिय रुटलाई थप गन्तव्यमा विस्तार गर्न लागेको उनले बताए ।

राष्ट्रपति मुइज्जुले पर्यटक आकर्षणका लागि यसै अक्टोबरमा थप वाइडबडी विमान खरिद गरिने र माल्दिभ्सबाट युरोपेली गन्तव्यमा सिधा उडान गरी युरोपेली पाहुनाको आवागमनलाई सहज बनाइने पनि बताए ।