जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति नावरोकीद्वारा सपथ ग्रहण

पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति नावरोकीद्वारा सपथ ग्रहण

एजेनसी – पोल्याण्डका नयाँ राष्ट्रवादी राष्ट्रपति कारोल नावरोकीले ‘सार्वभौम पोल्याण्ड’को आह्वान गर्दै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण कार्यक्रमपछि उनले ‘देशलाई पतनतर्फ धकेल्नेविरुद्ध लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक ४२ वर्षीय नावरोकीले गत जुन १ मा भएको निर्वाचनमा युरोपेली परिषद्का पूर्वअध्यक्ष तथा प्रधानमन्त्री डोनाल्ड टस्कको इयु समर्थक सरकारलाई ठूलो झट्का दिएका थिए ।

‘म ती मानिसहरूको आवाज हुनेछु जसले सार्वभौम पोल्याण्ड चाहन्छन् जुन इयूमा छ, तर पोल्याण्ड जुन इयू होइन,’ उनले आफ्नो पदको शपथपछि सांसदहरूलाई सम्बोधन गर्ने क्रममा भने।

उनले २० औँ शताब्दीको सुरुतिर पोल्याण्डको प्रधानमन्त्री रहेका इग्नेसी पाडेरेव्स्कीलाई उद्धृत गर्दै भने, ‘हामीले देशलाई पतन र विनासतर्फ धकेल्नेहरूसँग लड्नुपर्छ।’ इतिहासकारबाट नव राजनीतिज्ञ हुनुभएका नावरोकीले टस्कको सरकारलाई उत्तर–साम्यवादी पोल्याण्डको इतिहासमा ‘सबैभन्दा खराब’ भनेका छन् ।