जोडिनुहोस
  • होमपेज
  • बालेन्द्र शाहको ट्रम्पलाई कडा जवाफ- ‘हामी गरिब छौँ, तपाईंहरू अल्छी हुनुहुन्छ !’

बालेन्द्र शाहको ट्रम्पलाई कडा जवाफ- ‘हामी गरिब छौँ, तपाईंहरू अल्छी हुनुहुन्छ !’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई तीखो जवाफ दिएका छन् । नेपाललाई प्रदान गरिने अमेरिकी अनुदानबारे ट्रम्पले दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै शाहले अमेरिकी नागरिकहरूलाई ‘अल्छी’ भएको बताएका छन् ।

शाहले ट्रम्पलाई सम्बोधन गर्दै भनेका छन्, ‘प्रिय डोनाल्ड जे. ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराइदिनुभएकोमा धन्यवाद ! हामी गरिब छौँ किनभने हाम्रा नागरिकहरू आफ्नै देश छोडेर जानुपर्छ । तर तपाईंहरू गरिब हुनुहुन्छ किनभने तपाईंका नागरिकहरूले तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरू अल्छी हुनुहुन्छ, त्यसैले बाँकी संसार तपाईंहरूको लागि आवश्यक छ।’

मेयर शाहले अमेरिकी ‘डिभी लटरी’ कार्यक्रमलाई ‘दासत्व’ को संज्ञा दिँदै त्यसलाई बन्द गर्न आग्रह गरेका छन् । उनले थप लेखेका छन्, ‘कृपया आफ्नो DV दासत्व अन्त्य गर्नुहोस्। हामीले हाम्रा बहुमूल्य प्रतिभा (रत्न) फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई स्वतन्त्र रूपमा विकास गर्न दिनुहोस् ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका