जोडिनुहोस
  • होमपेज
  • निलम्बनमा परे काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे

निलम्बनमा परे काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।

महानगरका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई गत जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाएका थिए। सातबुँदे स्पष्टीकरणमा पाण्डेले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए ।

२०८१ चैत २१ गते गुरागाईं काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो । गुरागाईंलाई रोक्न नसकेपछि पाण्डे नेतृत्वको नगर प्रहरीले कार्यालयभित्रै महानगरका कर्मचारीहरूमाथि बल प्रयोगको कोसिस गरेको थियो । त्यसपछि गुरागाईंले पाण्डेलाई किन कारबाही नगर्ने भनेर जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका