जोडिनुहोस
  • होमपेज
  • जेनजी आन्दोलनपछि प्रहरी इन्चार्जलाई काठमाडौं नछोड्न निर्देशन

जेनजी आन्दोलनपछि प्रहरी इन्चार्जलाई काठमाडौं नछोड्न निर्देशन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३–२४ मा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका नछोड्ने गरी प्रहरी मुख्यालयले निर्देशन दिएको छ। यो आदेश आयोगले सोधपुछका लागि बोलाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जारी गरिएको हो।

प्रहरी मुख्यालयले काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी कार्यालयहरूलाई पत्राचार गरी आदेश अनुसार उपत्यकामा खटिएका प्रमुख इन्चार्ज, एसएसपी, एसपी, डीआईजी तथा अन्य जिम्मेवार अधिकारीहरूलाई बाहिर जान नदिने व्यवस्था मिलाउन भनिएको छ।

अर्डर अनुसार उपत्यकामा एआईजी दानबहादुर कार्की, डीआईजी ओमबहादुर राना, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुर एसएसपी श्यामकृष्ण अधिकारी र भक्तपुर एसपी माधव बुढाथोकीले आफ्नो कार्यक्षेत्र छोड्न नपाउने छन्।

साथै, काठमाडौं उपत्यकाका १६ वृत्तका प्रभाग इन्चार्ज, डीएसपी र इन्स्पेक्टरहरू पनि सोही आदेशको दायरामा पर्छन् र कुनै कारणले बाहिर जान पाउने छैनन्।

प्रहरीका अधिकारीहरूले भने, “आयोगले आवश्यक देखाएमा कुनै पनि बेला सोधपुछका लागि उपस्थित हुन हामी तयार छौँ। उपत्यका नछोड्ने यो व्यवस्था त्यसैको सुनिश्चितता हो।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका