जोडिनुहोस
  • होमपेज
  • बाँकेमा कर्मचारी कुटपिट, काम ठप्प पार्ने चेतावनी

बाँकेमा कर्मचारी कुटपिट, काम ठप्प पार्ने चेतावनी

बाँके । बाँकेमा विद्युत बक्यौता रहेका ग्राहकको लाइन काट्न गएका विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कुटपिट गर्ने तीन जनामाथि अपराधिक उपद्रवमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, पीडित कर्मचारीहरुको तर्फबाट नेपालगन्ज वडा नम्बर ३ का चाँदबाबु अन्सारी, अल्तमस अन्सारी र निजामुद्धिन अन्सारीमाथि मुद्दा दर्ता भएको हो।

प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी कार्य जारी छ। मंगलबार नेपालगन्ज वडा नम्बर ३ एकलैनीमा लाइन काटेर फर्किने क्रममा स्थानीयले गरेको कुटपिटमा पाँच जना कर्मचारी घाइते भएका थिए।

गम्भीर घाइते भएका मिटर रिडर उदयराज यादवको घाँटीको नशामा चोट लागेको र हात मर्किएको छ। अन्य कर्मचारीहरु भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले कर्मचारीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। प्राधिकरणका कर्मचारीहरुले आक्रमण गर्नेहरुमाथि कारबाही नभए काम ठप्प पार्ने चेतावनी दिएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका