जोडिनुहोस
  • होमपेज
  • चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

काठमाडौं : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्गको खहरेपु स्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभी गाडी ठोकिदा ७ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। प्रहरीका अनुसार मकवानपुर-३ का सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा- ५ का मैंया कुमारी न्यौपाने पहाडी र नाम नखुलेको ३ जना महिला, २ पुरुषको मृत्यु भएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका