जोडिनुहोस
  • होमपेज
  • प्रहरी कै संरक्षणमा अर्वौको हुण्डी कारोबार !

प्रहरी कै संरक्षणमा अर्वौको हुण्डी कारोबार !
झापा । केही दिन अघि झापाको धुलाबारीबाट पक्राउ परेका अर्वौ रुपँयाको हुण्डी कारोबारीहरुसँग प्रहरी अधिकृतहरुकै सोझो समबन्ध रहेको फेला परेको छ । मेचीनगर– १० धुलाबारीमा ब्यापारको आवरणमा हुण्डी कारोबार चलाउँदै आएका केही अभियुक्तसँग नेपाल प्रहरीका एक अधिकृत सँग सोझो सम्बन्ध रहेको पाइएको हो ।
एकसाता अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धुलाबारीमा गिफ्टोरियम नामक पसल मार्फत आयात निर्यातको कारोबार गर्दै आएका अनुज मारु, कबिस मारु, निर्मल राई, दिपेन्द्र खड्का ,महेश पौडेल , अंकित अग्रवाल र सुनिल राईलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये अनुज मारु भन्ने ब्यक्तिसँग नेपाल प्रहरीका उच्च अधिकृत (एसपी) को सोझो सम्बन्ध रहेको र त्यसकै आडमा उनिहरुले हुण्डीजस्तो गैहकानुनी काम गर्ने गरेको खुलेको छ ।
फोटो: सीआईवी स्रोत
झापाकै एक पत्रकारका अनुसार एक प्रहरी अधिकृतले मारुकै खर्चमा चिनको समेत भ्रमण गर्न भ्याईसकेका छन् । यसबाट पक्राउ परेकाहरुको प्रहरीसँगको निकटता प्रष्टिएको छ । यस्तै पक्राउ परेका अनुज मारुसँग भारतिय आधारकार्ड  र  ४ वटा भारतीय नम्बरप्लेटका साना सवारी समेत रहेको बुझिएको छ ।
यता, मारुसहित पक्राउ परेकाहरुलाई सीआइबीको टोलीले काठमाडौँ लिएर गएको बुझिएको छ । तर, पक्राउ परेको यतिका दिन बितिसक्दा समेत सिआईबिले औपचारिक जानकारी दिएको छैन । पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबारको प्रमाण भेटिएको श्रोतले बतायो । उनिहरुमाथि अदातबाट म्याद थपेर अनुसन्धान भईरहेको बुझिएको छ । यता हुण्डी काराेबारीहरुसँग घाँटी जाेडिएका प्रहरी अधपकारीहरुमाथि कुनै छानबिन शुरु नगरिएकाे सिआईबि स्राेतले बताएकाे छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका