जोडिनुहोस
  • होमपेज
  • कान्ति राजमार्ग ६० दिन दैनिक ६ घण्टा बन्द

कान्ति राजमार्ग ६० दिन दैनिक ६ घण्टा बन्द

काठमाडौं । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो र महत्वपूर्ण कान्ति राजमार्ग (कान्ति लोकमार्ग) ६० दिनका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ। ललितपुर जिल्ला प्रशासन कार्यालयले सडक स्तरोन्नति र फराकिलो बनाउने काम तीव्र रूपमा अघि बढाइने भएकाले निर्दिष्ट समयसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो।

प्रशासनले जारी गरेको सूचनाअनुसार, मङ्सिर २० गतेदेखि लागू हुने गरी पुस अन्त्यसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी संचालन पूर्ण रूपमा बन्द रहनेछ।

कान्ति राजमार्ग सडक योजनाको पत्रका आधारमा सो सडकका विभिन्न भागमा सडक फराकिलो बनाउने, ढुंगा–माटो कटिङ र अन्य निर्माण कार्य भइरहेकोले आवागमन रोक्नु अनिवार्य रहेको प्रशासनले जनाएको छ।

यात्रु र चालकलाई तोकिएको समय बाहेक यात्रा गर्न वा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। निर्माण कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न जनसहयोग आवश्यक रहेको प्रशासनको भनाइ छ।image

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14