जोडिनुहोस
  • होमपेज
  • देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं। हाल देशका विभिन्न भागमा चट्याङसहित पानी परिरहेको छ भने मौसमीय प्रणाली क्रमशः अन्य क्षेत्रतर्फ सर्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको डडेलधुरा र डोटी जिल्लामा चट्याङसहित वर्षा भइरहेको छ, जुन प्रणाली पूर्वतर्फ सर्दै गएको छ।

त्यस्तै, कोशी प्रदेशको इलाम, ताप्लेजुङ, भोजपुर र खोटाङ जिल्लामा समेत चट्याङसहित वर्षा भइरहेको छ भने प्रणाली उत्तरतिर सर्दै गएको जनाइएको छ।

बागमती प्रदेशका ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुली जिल्लामा पनि पानी परिरहेको र अझै केही समय यस्तै अवस्था रहन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले चट्याङ, वर्षा तथा हावाहुरीका सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका