यो तस्विर हो,चुँदीरम्घास्थित आदिकवि भानुजन्मस्थल विकास समितिअन्तर्गत सङ्ग्रहालयमा रहेको आदिकवि भानुभक्त आचार्यद्वारा लिखित पाण्डुलिपिको।
करिब २०० वर्ष अघि लेखिएको उनका अमूल्य हस्तलिखित पाण्डुलिपि दराजभित्र राखिए पनि धमिराले खाएको र धमिरा तथा किराबाट सुरक्षित हुने व्यवस्था भने मिलाइएको छैन।





































