
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन्। चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि मध्यरातमा राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन्।
शनिबार दिउँसो मच्छिन्द्रबहालबाट सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुगेको थियो। राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए।
यो रथयात्रा काठमाडौंको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो। यस अवसरमा राष्ट्रपति पौडेलले देशको शान्ति, समृद्धि र जनहितको कामना गरेका थिए।




































