जोडिनुहोस
  • होमपेज
  • आज विश्व खाद्य स्वच्छता दिवस

समाचार

आज विश्व खाद्य स्वच्छता दिवस

  • Sagarmatha TV
  • शनिबार, जेष्ठ २५, २०८२
आज विश्व खाद्य स्वच्छता दिवस

काठमाडौं।‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।

सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो। विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वमा अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ। प्रत्येक १० जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी र दुई लाख ३० हजार मानिसको मृत्यु हुन्छन्।

विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो । नेपालमा विसं २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help