जोडिनुहोस
  • होमपेज
  • बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती।बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन र नियन्त्रण सम्बन्धी विधेयक पेस हुने सम्भावना छ।

विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको छ र समिति टुङ्गिएपछि मात्र प्रदेशसभामा पेस हुने व्यवस्था हुनेछ।

यस्तै, आजको बैठकमा सभामुख भुवनकुमार पाठकले विषयगत समिति सदस्यहरूको हेरफेर प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्ने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले जानकारी दिए।

प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि राखिएको छ।