जोडिनुहोस
  • होमपेज
  • माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा लघुवित्त पीडितहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्।

उनीहरूले सरकारसँग भएका विगतका सम्झौता कार्यान्वयन नभएको भन्दै विरोध जनाएका हुन्। पीडितहरूका अनुसार, गत वर्ष सरकारसँग सहमति गरी आन्दोलन अन्त्य गरिएको थियो। तर, सहमति अनुसारका प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरू पुनः सडकमा उत्रिएका छन्।

गत चैत १७ गतेदेखि उनीहरूले फेरि आन्दोलन थालेका हुन्। प्रदर्शनका क्रममा सरकारलाई सम्झौता कार्यान्वयन गर्न दबाब दिइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help