
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालय भदौ २६ गतेसम्म बन्द रहने भएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयले दिएको जानकारीअनुसार २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको छ ।




































