जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १९ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २९ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • कर्णाली करिडोरको कच्ची सडक : यात्रुलाई हिउँद बर्खा उस्तै सास्ती

कर्णाली करिडोरको कच्ची सडक : यात्रुलाई हिउँद बर्खा उस्तै सास्ती

सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–१ मा पर्ने कर्णाली करिडोरको कच्ची सडकले यात्रुहरूलाई दैनिक सास्ती दिइरहेको छ। हिउँदमा सुक्खा पहिरो र वर्षामा पहिरोका कारण यो सडकखण्डमा यात्रुहरूले निरन्तर समस्या भोग्नुपरेको छ।

नेपालगञ्ज र सुर्खेत जस्ता सहरहरूबाट ठूला मालबाहक ट्रकदेखि यात्रु बोकेका सवारी साधनहरू यो सडकमा दैनिक रूपमा गुड्छन्। तर, कच्ची सडकका कारण सवारी साधनहरू दिनहुँ बिग्रँदा यात्रुहरू थप समस्यामा पर्ने गरेका छन्। धुलाम्मे सडकका कारण हुम्लाबाट कालीकोटसम्मको यात्रामा धेरै सास्ती खेप्नुपरेको यात्रु रमिता शाहीले बताइन्।

कर्णाली करिडोरको हुम्लादेखि खुलालुसम्मको १३२ किलोमिटर सडकमा विशेष गरी धेरै समस्या हुने गरेको छ। कतिपय ठाउँमा ढुङ्गा बिछ्याएर सवारी साधन चलाउनुपर्ने अवस्था छ। यस क्षेत्रमा यात्रुहरूलाई खाना र बस्न समेत समस्या हुने गरेको छ।

नेपालगञ्जबाट सिमकोट पुगेकी बाँचु महतले भनिन्, “कतै सुक्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकले यात्रा एकदमै गाह्रो भयो। केही ठाउँमा सडक फराकिलो भए पनि धेरैजसो ठाउँमा गाडीहरूलाई ओहोरदोहोर गर्न समस्या छ।”

कालीकोटको सान्नी घाट, रास्कोट र बाजुराको जगन्नाथ गाउँपालिका क्षेत्रको धुलाम्मे सडकमा सवारी साधनहरूलाई वारपार गर्न समस्या हुँदा यात्रुहरू मिलेर धुलो पन्छाउने र ढुङ्गा बिछ्याउने काम गरेर यात्रा गर्न बाध्य भएका छन्। यस सडकको स्तरोन्नति गर्न अत्यावश्यक छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91