जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • परालको घुरले सप्तरीमा तीन घर जले, लाखौं क्षति

परालको घुरले सप्तरीमा तीन घर जले, लाखौं क्षति

सप्तरी ।सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।

तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको हो।

नयनी यादवको घरनजिकै बालेको परालको घुरबाट तीन घरमा आगो फैलिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलले एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट नयनीको घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, दुई तोला सुन, चाँदी एक किलो र दुई वटा बाख्रा जल्दा ११ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै, गोकर्णको घरमा आगलागी हुँदा २० लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

लखन मुखियाको घरमा आगलागी हुँदा दुई लाख दुई हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीपीडितलाई जिल्ला दैवी प्रकोप व्यवस्थापनबाट तत्कालका लागि राहतस्वरुप खाद्यान्न, लत्ताकपडा वितरण गरिएको छ।