
पोखरा– तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १५ वर्षीया निर्मला कुमालको करेन्ट लागेर मृत्यु भएको हो । मिति २०८२ जेठ २६ गते साँझ अन्दाजी ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीको पिपलको रुखमा घाँस काट्ने क्रममा उनी विद्युत्को मेन लाइनमा छुन पुगेकी थिइन् ।
करेन्ट लागेर गम्भीर घाइते भएकी निर्मलालाई तत्कालै उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो। तर, सोही दिन साँझ ८:१० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।