जोडिनुहोस
  • होमपेज
  • कुलमानको पार्टीको नाम उज्यालो नेपाल रहने, चुनाव चिह्न चिम

कुलमानको पार्टीको नाम उज्यालो नेपाल रहने, चुनाव चिह्न चिम

ऊर्जा मन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ ।

आइतबार राति बसेको बैठकले सो नाममा निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।

तत्कालका लागि पार्टी दर्ता प्रक्रियालाई अघि बढाउन पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा सबै सदस्य रहने गरी समिति गठन गरिएको छ । पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहने तय भएको छ ।

यसअघि दलको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने प्रारम्भिक सहमति भए पनि अन्तिममा ‘उज्यालो नेपाल’ नाममै आयोगमा जाने निर्णय गरिएको हो ।

कुलमान घिसिङनिकट एक नेताका अनुसार अहिले पार्टीमा कुनै पदाधिकारी तोकिएको छैन । उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी भने गठन गरिने तयारी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका