जोडिनुहोस
  • होमपेज
  • सामाजिक सुरक्षा भत्ता नबढाउने, वृद्धभत्ताको उमेर बढाउने !

सामाजिक सुरक्षा भत्ता नबढाउने, वृद्धभत्ताको उमेर बढाउने !

उच्चस्तरीय आर्थिक सुझाव आयोगले पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्न सुझाव दिएको छ।

आयोगले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गरेको प्रतिवेदनमा आगामी पाँच वर्ष सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्न सुझाव दिएको हो।

‘आगामी पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने’, आयोगको उक्त प्रतिवेदनमा उल्लेख गर्दै यस्तो सुझाव दिएको छ।

त्यस्तै, उच्चस्तरीय आर्थिक सुझाव आयोगले भत्ता पाउने उमेर पनि बढाएर ७० वर्ष बनाउन सुझाव दिएको छ।

सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउने। उक्त ऐनमा व्यवस्था भएका भत्ताहरूबाहेक अन्य भत्ता बजेटमा घोषणा नगर्ने आयोगको सुझाव छ

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options

छुटाउनु भयो कि?