जोडिनुहोस
  • होमपेज
  • ५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनवाइ हुँदैछ ।

विगत चार वर्षदेखि कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मा बसेको उक्त मुद्दामा आजदेखि पुनः सुरु हुन लागेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेका थिए । जसको विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखत प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि निरन्तर सुनुवाइ हुन लागेको हो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका