
काठमाडौं । संसद अवरोध अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अघि सारेको पाँच बुँदे प्रस्तावमाथि विपक्षी दलहरूबीच साझा धारणा बनाउन छलफल जारी छ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा चलिरहेको छ। नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले गृह मन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ। खासगरी भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्रीको भूमिकाप्रति विपक्षीहरू आक्रोशित छन्।
रास्वपाले संसद चलाउन पहलस्वरूप सोमबार कांग्रेसलाई पाँच बुँदे प्रस्ताव बुझाएको थियो। सो प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरूप अहिले छलफल भइरहेको हो। बैठकमा कांग्रेस नेता वर्षमान पुन, माओवादी नेताहरू हितराज पाण्डे र सन्तोष परियार, नेकपा एसका राजेन्द्र पाण्डे, लोसपाका प्रभु साहलगायत सहभागी छन्।
सभामुखले दलहरूबीच सहमति गराउन विभिन्न प्रयास गर्दै आएका छन्। अबको सहमति संसद सञ्चालनतर्फ जाने संकेत दिन सक्छ।