जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक

एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा धर्ना दिने भएका छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार धर्ना दिउँसो १ देखि ३ बजेसम्म हुनेछ।

फागुपूर्णिमाका दिन धर्ना कार्यक्रम नराखिएको महासंघले जनाएको छ। आइतबार भने नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिने तयारी छ।

विद्यालय शिक्षा ऐन चाँडो पारित गर्न माग गर्दै महासंघले हिजो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा धर्ना दिएको थियो।

चैत्र ५ गतेसम्म विभिन्न दलका कार्यालयमा धर्ना र सांसदहरूसँग भेट्ने कार्यक्रम तय भएको छ। महासंघले चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० बाट अनिश्चितकालीन सडक आन्दोलन गर्ने तयारी गरेको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК