जोडिनुहोस
  • होमपेज
  • भोटेकोशी नदीको बाढीमा परेका १९ जना अझै फेला परेनन्

भोटेकोशी नदीको बाढीमा परेका १९ जना अझै फेला परेनन्

काठमाडौँ : भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएका १९ जना अझै फेला परेका छैनन् । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

हालसम्म ११ जनाको शव फेला परेको छ । तर, पहिचान हुन सकेकको छैन । अधिकांश शवको केही अंग मात्र भेटिएकाले पहिचानमा समस्या भइरहेको रसुवाका प्रहरी नायक उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए । उहाँका अनुसार ती अंगहरु परीक्षण र पहिचानका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ । हालसम्म प्रहरी सहायक निरक्षक लालहादुर श्रेष्ठको शव मात्र सनाखत भएर अन्त्येष्टि भइसकेको छ । बर्दीयाका अरु थप दुई जना पाखुरामा नाम र ट्याट खोपेकाले पहिचान र्ग सहज भएको छ ।

गोरखाका दुईजना सम्पर्कबिहीन रहेकाले उनीहरुका कोहीपनि आफन्त सम्पर्कमा आइनसकेको शाहीले बताए। प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्तहरूको खोजी तीव्र पारेको छ। बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको टिमुरे भन्सार यार्ड क्षेत्रमै खोजी तीव्र पारिएको छ। शुक्रबार मात्र ११ कन्टेनर र केही इभी गाडीहरू निकालिएको छ। त्यहीँ पुरिएका गाडीहरुमा समेत शव रहेको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको शाहीले जानकारी दिए। खोजीका लागि एक हजार बढी प्रहरी जनशक्ति खटाइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका