जोडिनुहोस
  • होमपेज
  • इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितबाट बुद्ध जयन्तीको शुभकामना

इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितबाट बुद्ध जयन्तीको शुभकामना

इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डितले बुद्धको शिक्षाको ज्योतिले अझ न्यायपूर्ण, दयालु र शान्तिमय संसारतर्फको बाटो उज्यालो होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । उनको शुभकामना वक्तव्य यस्तो छ ।

२५६९ औं बुद्ध जयन्ती र भेसाक दिवसको अवसरमा ईजरायलका लागि नेपालका राजदूत प्रा.धनप्रसाद पण्डितको मनतव्य

मे १२, २०२५, तेल अभिभ, ईजरायल

उपस्थित महामहिमज्यृहरू, विशिष्ट अतिथिहरू, महिला तथा सज्जनवृन्द, नमस्ते र शलोम

“बुद्धम शरणम गच्छामि, धंवम शरणम गच्छामी, संघम शरणम गच्छामी” हामी बुद्ध,  उहाँको शिक्षा र महान समुदायको शरणमा पर्दछौँ ।

आज साँझ, विश्वव्यापी रूपमा भसाक दिवस भनेर पनि चिनिने, २५६९ औँ बुद्ध जयन्ती मनाउन भेला भएका सबैलाई आदर, सम्मान र हर्षका साथ स्वागत गर्दछु। यो  पवित्र दिनले २५०० वर्ष अघि नेपालमा जन्मन भएका शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण (निधन) को महत्वलाई दर्शाउछ। बुद्ध, राजकिय सुख सुविधा त्यागेर, सबै संवेदनशील प्राणीहरूलाई दुःखबाट मुक्त गर्न आध्यात्मिक यात्रामा लाग्नुभयो, उहाँको ज्ञानले संसारलाई अहिंसा, करुणा र ज्ञान (प्रज्ञा) का मूल्यहरूको एक शाश्वत सन्देश दियो जसले मानवतालाई शान्ति र जागरणको मार्गमा डोरयाइरहने छ ।

प्रिय मित्रहरू,
यस वर्षको हर्ष उत्सव विश्वव्यापी चुनौतीहरूको समयमा परेको छ। हाम्रो संसार आज द्वन्द्व, डर र विभाजनले ग्रस्त छ, महाद्वीपहरू पीडा ग्रसित छन । यस स्थितिमा, बुद्धका शिक्षाहरू अझ बढी स्पष्टता र महत्वका साथ ल्याइनुपर्दछ । जसरी धम्मपदले हामीलाई, घृणालाई घृणाले नभएर प्रेमले मात्र समाप्त पार्दछ भनी सिकाउदछ र यो नै अनन्तीय नियम हो । बुद्धले हामीलाई सिकाउनुभयो कि साँचो शान्ति भनेको युद्धको अनुपस्थिति मात्र होइन, तर समझदारीता सहितको आन्तरिक शान्ति र सचेतना तथा दया, प्रेममा आधारित सही कार्यको अभ्यास हो। उहाँको सन्देशले सबै प्राणीहरूको साझा गरिमालाई अंगाल्दै विश्व जगत, आस्था र विचारधारालाई समेटदछ । 

महामहिमज्यहरू,
बुद्धको जन्मस्थल लुम्बिनी, विश्व शान्ति र आध्यात्मिक सम्पदाको चिरस्थायी  प्रतीकको रूपमा उभिएको कारण, नेपाल पर्ण रूपमा सम्मानित छ। यो केवल तीर्थस्थल नभएर, मानवताको लागि करुणाको परिवर्तनकारी ,रूमा सदभाव बढाउने पवित्र जिम्मेवारी वहन गदर्छौं । बुद्ध ज्ञानको स्मरण गरौं, ”अहिंसा परमो धर्म (अहिंसा सर्वोच्च सदगुण हा)। यस पवित्र दिनले बाधाहरू माथि समाधानका पुल निर्माण गर्ने, डरलाई समानुभूतिले बदल्ने र विभाजन माथि वार्तालाप रोज्न, हाम्रो सामूहिक संकल्पलाई नवीकरण गरोस । आजको संसारमा, ज्ञान र अहिंसाको मार्गमा अग्रसर गराउने बुद्धको मार्ग, केवल एक आध्यात्मिक आदर्श मात्र नभएर, यो कूटनीति, मेलमिलाप र दिगो शान्तिको लागि व्यावहारिक आधार पनि हो।

पञ्चशील सिद्धान्तको सान्दर्भिकतालाई चिन्तन गरौं । पारस्परिक सम्मान, मैत्री, तटस्थता, समानता, र शान्तिपूर्ण सहअस्तित्व, यी आदर्शहरू नेपालको परराष्ट्र नीतिको आधारशिला हुन र असंलग्न अभियान र संयुक्त राष्ट्र संघको बडापत्रका मूल मूल्यमान्यताहरूसँग एक्यवद्ध छन । यस अवसरमा म नेपाली युवा विद्यार्थी श्री विपिन जोशी लगायत २०२३ अक्टोबर ७ देखि बन्धक बनाइएका सबै बन्धकहरूको सुरक्षित फिर्ताको लागि नेपालको ऐक्यबद्धता र आशा व्यक्त गर्न चाहन्छु। द्वन्द्वको विरुद्ध दया र मानवताको जीत होस र आफना प्रियजनहरूबाट अलग भएकाहरु सबैको चाँडै पुनर्मिलन हुन सकोस ।

हामीले हाम्रो भविष्यको कल्पना गर्दा, हाम्रो ग्रहका ८ अरब भन्दा बढी मानिसहरूले लडाँई वा नियन्त्रणबाट होइन, बुद्धको करुणामयी नजर मार्फत शान्ति खोज्दै, एकता, निराशा माथि आशा र विभाजन माथि मानवीय मर्यादालाइ रोजौं । नेपाल र इजरायल बीचको मित्रता, आपसी सम्मान, मूल्यमान्यताहरु र शान्तिपूर्ण सहअस्तित्व कायम रहि चिरस्थायी रुपमा फस्टाउँदै जाओस । यस अर्थपूर्ण उत्सवमा सहभागी हुन हुने सबैलाई धन्यवाद।

बुद्ध जयन्ती – भसाक दिवसको शुभकामना ।
धन्यवाद
तोदा रब्बा

प्रचलन खबर

धेरै टिप्पणी गरिएका