जोडिनुहोस
  • होमपेज
  • आज पनि एमाले सचिवालय बैठक, १२ जना नेताले बोल्ने कार्यसूची, कार्यविभाजन प्रस्तावमा छलफल हुने

आज पनि एमाले सचिवालय बैठक, १२ जना नेताले बोल्ने कार्यसूची, कार्यविभाजन प्रस्तावमा छलफल हुने

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्ने भएको छ । हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः३० बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए ।

आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ । यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ । बैठक गुण्डुस्थित अध्यक्ष निवासमै बस्नेछ ।