जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ८ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ९ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • १४ मिनेटutes अगाडि
Originel Casino un peu 2026 Archivage Au top quinze En france
  • १४ मिनेटutes अगाडि
Vegas Hero Salle de jeu Review Partenaire & Player Ratings 2025
  • १५ मिनेटutes अगाडि
  • होमपेज
  • सन् २०२३ आप्रवासीहरूका लागि सबैभन्दा घातक वर्षः राष्ट्रसङ्घ

सन् २०२३ आप्रवासीहरूका लागि सबैभन्दा घातक वर्षः राष्ट्रसङ्घ

जेनेभा । सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा कम्तीमा आठ हजार पाँच सय ६५ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले बुधबार बताएको छ । एक दशकअघि सुरु गरिएका रेकर्डपछिको यस वर्ष सबैभन्दा घातक वर्ष बनेको छ ।

‘सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या सन् २०२२ को तुलनामा २० प्रतिशतको दुःखद वृद्धिलाई देखाउँछ, यसले जीवनको थप क्षतिलाई रोक्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ’, आइओएमले विज्ञप्तिमा भनेको छ ।

गत वर्षको कूल सङ्ख्याले सन् २०१६ को पछिल्लो रेकर्डलाई तोडेको छ । सन् २०१६ मा आप्रवासनका क्रममा आठ हजार ८४ जनाको मृत्यु भएको थियो । आइओएमका अनुसार सुरक्षित तथा नियमित बसाइँसराइ मार्ग सीमित भएकाले प्रत्येक वर्ष हजारौँ मानिस असुरक्षित परिस्थितिमा अनियमित मार्गबाट बसाइँसराइको प्रयास गर्छन् ।

भूमध्य सागर पार गर्न आप्रवासीहरूका लागि सबैभन्दा घातक मार्ग भएको छ । यसमा गत वर्ष कम्तीमा तीन हजार एक सय २९ जनाको मृत्यु र बेपत्ता रेकर्ड गरिएको छ । सन् २०२३ मा कूल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ । नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ ।

आइओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट सन् २०१४ मा आप्रवासीको मृत्यु र बेपत्ताका बारेमा एउटा ओपन(एक्सेस डेटाबेसका रूपमा स्थापना गरिएको थियो । त्यसबेलादेखि विश्वभरमा ६३ हजार मामिलालाई दस्तावेजीकरण गरिएको छ । यद्यपि विशेषरूपमा दुर्गम स्थानहरूमा डेटा सङ्ग्रहमा चुनौतीका कारण वास्तविक आँकडा अत्यन्त धेरै अनुमान गरिएको छ ।

‘मिसिङ माइग्रेन्ट्स प्रोजेक्टको १० वर्ष पूरा गर्दै गर्दा हामी सबैभन्दा पहिला ती सबै ज्यान गुमाएकालाई स्मरण गर्दछौँ’, आइओएमका उपमहानिर्देशक उगोजी डेनियलले भने, ‘तिनीहरूमध्ये प्रत्येक एउटा भयानाक मानवीय त्रासदी हो जुन आगामी वर्षहरूमा परिवार र समुदायमा प्रतिध्वनित भइरहनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्