जोडिनुहोस
  • होमपेज
  • रङ्गशालाको स्ट्यान्डबाट खसेर अल्जेरियामा तीन जनाको ज्यान गयो

रङ्गशालाको स्ट्यान्डबाट खसेर अल्जेरियामा तीन जनाको ज्यान गयो

अल्जेरियामा रङ्गशालाको माथिल्लो स्ट्यान्डबाट खसेर तीन जनाको ज्यान गएको छ । स्थानीय फुटबल टोली एमसी अल्जरले लिगको उपाधि जितेको अन्तिम सिटी बजेपछि उत्सवको तयारीमा रहेका प्रशंसकहरू स्ट्यान्डबाट खसेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले तीन वटा अस्पतालमा ७० जनाभन्दा धेरैको उपचार भएको र धेरैजसो डिस्चार्ज भएका बताएको छ । एमसी अल्जरका खेलाडी र कर्मचारीहरू घाइतेहरूलाई रगत दिन अस्पताल गएका समाचार एजेन्सी रोयटर्समा उल्लेख छ ।

गएको वर्ष जितेको लिग उपाधि एमसी अल्जरले कायम राखेको खेल हेर्नका लागि रङ्गशाला समर्थकहरूले भरिएको थियो । यो घटनापछि लिगको ट्रफी वितरण कार्य स्थगित भएको खबरमा उल्लेख छ ।

यसैबीच अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनेले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका