
काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंग्लबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो ।
हिजो सुनको भाउ ३७ सयले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ४ सय रुपैयाँमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । हिजो १९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ७० मा कारोबार हुने महासंघले जनाएको छ ।