जोडिनुहोस
  • होमपेज
  • पानी परेपछि पर्साका किसानमा खुशी

पानी परेपछि पर्साका किसानमा खुशी

वीरगञ्ज (पर्सा)। लामो खडेरीले सुक्खाग्रस्त पर्साका कृषकहरू मंगलबारदेखि परेको वर्षाले राहत महसुस गरिरहेका छन्। वर्षासँगै धाँजा फाटेका खेतहरूमा पानी जम्मा हुन थालेको छ र धानका रोपाहरू हरियाली बन्दै गएका छन्।

वीरगञ्ज महानगर–२६ का किसान रामजीवन साहका अनुसार, अकाशेपानी पर्न थालेपछि धानका बोटहरूमा ताजगी फर्किएको छ। “पहिले खासै ठूलो पानी परेको थिएन,” उनले भने, “मंगलबार दिउँसो र बुधबार बिहानको वर्षाले केही राहत पाएका छौँ।”

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलका अनुसार, मंगलबार बिहान ८:४५ देखि बुधबार बिहान ८:४५ बजेसम्म वीरगञ्ज बजार क्षेत्रमा ४९ मिमी वर्षा र बारामा ९.२ मिमी वर्षा मापन गरिएको छ। मधेश प्रदेशमा अझै तीन दिनसम्म वर्षा हुने अनुमान गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного