
काठमाडौँ । सोमबार जेनजी समूहसँग तय भएको राष्ट्रपति र प्रधानमन्त्रीबीचको वार्ता अनिश्चित बनेको छ । राष्ट्रपति कार्यालयबाट कुनै जानकारी नआएपछि जेनजीका प्रतिनिधिहरू प्रतीक्षामा रहेका छन् ।
वार्ता आजै हुने भनिए पनि जेनजी समूहले अहिलेसम्म राष्ट्रपति कार्यालय वा प्रधानमन्त्री कार्यालयबाट औपचारिक सम्पर्क नआएको जनाएको छ । उनीहरूले खबर आए तत्काल वार्तामा सहभागी हुन तयार रहेको बताएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति बिरामी भएकाले सोमबारको बैठक स्थगित गरिएको हो । राष्ट्रपति सचिवालयले केही दिनअघि चिकित्सकले राष्ट्रपति बिरामी रहेको र केही दिन आराम गर्न सिफारिस गरेको जानकारी दिँदै एक-दुई दिनपछि मात्रै छलफल पुनः तय हुने जनाएको छ ।




































