जोडिनुहोस
मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • प्रधानमन्त्री ओलीबाट माघी पर्वको शुभकामना

प्रधानमन्त्री ओलीबाट माघी पर्वको शुभकामना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।’

उनले आजको दिन घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन रहेको स्मरण गर्दै सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका