जोडिनुहोस
  • होमपेज
  • मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स जारी आइपिएलको प्लेअफमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछाएको दिल्लीले १८.२ ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो ।

दिल्लीका लागि समीर रिज्वीले सर्बाधिक ३९ रन बनाए भने विप्राग निगमले २० र आशुतोष शर्माले १८ रन बनाएका थिय ।

त्यसैगरी मुम्बईका बलर मिचेल सान्टनर र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए भने करण शर्मा, दिपक चहर र ट्रेन्ट बोल्टले एक एक विकेट लिए ।

यस अघि पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७३ रन बनाए भने तिलक बर्माले २७, रयान रिकेलटनले २५, नमन धिरले ८ बलमा २४ रन बनाएका थिए ।

यो जितपछि मुम्बईको १३ खेलमा १६ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै दिल्ली क्यापिटल्स भने यो हारपछि प्लेअफको दौडबाट बाहिरिएको छ । दिल्लीको १३ खेलमा १३ अंक रहेको छ र हाल पाँचौं स्थानमा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका